देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कर प्रशासनमा सुधार हुने गरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन 

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक राजस्व विभागको स्थलगत निरीक्षण गर्नुभएको छ। शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत निरीक्षण गर्दै कर प्रशासनमा उल्लेखनीय सुधार हुने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

सरकारले लिएको राजश्व उठाउनका लागि चाहिएको आवश्यक सहयोग सरकारसँग माग्न यस्तो आग्रह गर्नुभएको हो।

अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताउनुभएको छ ।

भर्खरै आन्तरिक राजस्व रणनीति परिचालन गरेको भन्दै अर्थमन्त्री पौडेलले यो रणनीति कार्यान्वयनको प्राथमिकतामा रहने बताउँदै  उहाँले कोही पनि सरुवा, बढुवा वा अरू कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : २७ बजे