साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सरकारले आज पदक विजेता पलेशालाई ६५ लाख दिँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम हस्तान्तरण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज एक कार्यक्रममा बीच पुरस्कार हस्तान्तरण गर्न लागेको उहाँको सचिवालयले जानकारी दिएको छ ।

बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पलेशासहित प्रशिक्षकलाई नगद पुरस्कार रकम हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । यसअघि क्याबिनेट बैठकले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशालाई कर नकटाइ ६५ लाख रुपैयाँ राशीको पुरस्कार दिने निर्णय गरको थियो ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जित्नुभएको थियो । उहाँ पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नुभएको हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउनुहुने भएको हो । नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/गृष्मकालीन/शीतकालीन/पारा/विशेष तथा र विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ । साथै, नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख पचासी हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ । नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ९ : ०३ बजे