काठमाडौँ – चीनको स्वशासित क्षेत्र तिब्बतले सहायता स्वरुप प्रदान गरेको १५० लिक्वीड अक्सिजन कन्टेनरसहितका स्वास्थ्य सामग्री चाँडै तातोपानी नाकामा हस्तान्तरण हुने भएको छ ।
सामान नेपाल ल्याउने स्वीकृतिका विषयमा स्थानीय चिनियाँ दूतावासलाई जानकारी गराइएको र चिनियाँ पक्षले यथासक्य चाँडो हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीन सरकारले उपलव्ध गराउने ५ मिलियन युआन अनुदान सहायता अन्तरगत ३५०० अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये उक्त सङ्ख्यामा अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये दोस्रो लटको एक हजार छ सय अक्सिजन सिलिण्डर नेपाल ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड उडान बारेमा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रधाानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
चीन सरकारले कोभिड सहायता अन्तरगत नेपाललाई उपलव्ध गराउने थप ५ मिलियन युआन बरावरको सहयोग एअर बेस्ड अक्सिजन जेनेरेटर युनिट्स उपलव्ध गराइदिन अनुरोध गर्दै नेपाली राजदूतावास वेइजिङ मार्फत अनुरोध गरिएको छ।
प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार ८ : १३ बजे
प्रतिक्रिया