साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को भोलि हुने भनिएको निर्वाचन स्थगित भएको छ ।

विद्यार्थीहरूले विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाइ दायर गरेको रिटमा उच्च अदालत सुर्खेतले निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपछि निर्वाचन स्थगित भएको हो।

निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नामावली नआएको भन्दै विश्वविद्यालयको साइन्स एण्ड टेक्नोलोजी विभाग अन्तर्गत छैटौँ सेमेस्टरका विद्यार्थीले बुधबार उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उनीहरूले आफूहरूलाई पनि स्ववियुको मतदान प्रक्रियामा सहभागी गराउनुपर्ने रिटमा उल्लेख गरेका छन् ।

रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको एकल इजलासले कार्यकारी परिषद्का नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ। इजलासले अन्तरिम आदेश र छलफलका लागि असोज ६ गते दुवै पक्षलाई बोलाएको उच्च अदालत सुर्खेतका प्रवक्ता एवम् उप–रजिष्ट्रार प्रेम थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ४ : २२ बजे