देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

करिब आधा बैंकको निष्क्रिय कर्जा १ प्रतिशत  देखियो, यस्तो छ जोखिममा पर्ने बैंकहरुको सूचि  

काठमाडौँ । गत आर्थिक वर्षको अन्तिमसम्मको तथ्यांक अनुसार करिब २० मध्ये १० बाणिज्य बैंकको खुद निष्क्रिय कर्जा १ प्रतिशतभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले यस्तो अवस्था आएको हो ।

पछिल्लो समय केन्द्रीय बैंकले निष्क्रिय कर्जा र खुद निष्क्रिय कर्जा भनेर दुई किसिमका तथ्यांक सार्वजनिक गर्न थालेको विवरण अनुसार थुप्रै बैंकहरुको निष्क्रिय कर्जाको सीमा केन्द्रीय बैंकले तोकेको माथिल्लो तह नजिक पुगिसकेको छ । राष्ट्र बैंकले कुल कर्जाको ५ प्रतिशतसम्म निष्क्रिय कर्जा हुनुलाई अस्वाभाविक मान्दैन । तर गत असारको आँकडा हेर्दा ६ वटा बैंकको निष्क्रिय कर्जा उक्त उपल्लो सीमा नजिक पुगेको देखिन्छ ।

जस अनुसार कुमारी, प्रभु, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज र प्राइम कमर्शियल बैंकको निष्क्रिय कर्जा ४.५ प्रतिशतभन्दा बढी छ । 

कुमारी बैंकले निष्क्रिय कर्जाको ९१ प्रतिशत प्रोभिजन गरेको छ । नेपाल एसबीआई बैंकले ८७, प्रभूले ८६, नेपाल बैंकले ८२ र हिमालयनले ८० प्रतिशत निष्क्रिय कर्जा खाम्ने गरी सुरक्षण गरिसकेका छन् । एनएमबी, नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल, सानिमा, प्राइमजस्ता बैंकले पनि कुल निष्क्रिय कर्जाको ठुलो हिस्सा प्रोभिजन गरिसकेका छन् ।

यो उतारचढावमा एनआईसी एसिया बैंक केही पछाडी परेको छ । जस्को ५१ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा अहिले पनि सुरक्षण बाहिर छ । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड र माछापुच्छ्रेले पनि कुल निष्क्रिय कर्जाको अनुपातमा कमैमात्र प्रोभिजन छुट्याएका छन् ।

त्यस्तै यस्तो सूचीमा लक्ष्मी सनराइज सबैभन्दा अगाडी देखिन्छ । जुन बैंकसँग कुल कर्जाको १.८७ प्रतिशत त्यस्तो ऋण छ, जुन ऋणीले तिरिरहेको पनि छैन र बैंकले प्रोभिजन छुट्याएको पनि छैन । त्यसैगरी एनआईसी एसियासँग १.७४ प्रतिशत, सिटिजन्ससँग १.५२ प्रतिशत अनि ग्लोबल आईएमई र माछापुच्छ्रेसँग १.५ प्रतिशत कर्जा यस्तै हालतमा छन् ।

त्यसपछि प्राइम, कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय बाणिज्य र नबिल बैंकले कुल कर्जाको १ देखि १.५ प्रतिशतसम्म प्रोभिजनबाहेकको निष्क्रिय कर्जा बोकेर बसेका छन् । तर हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ, प्रभु, नेपाल बैंक, सानिमा, कुमारी, नेपाल एसबीआई र एभरेष्ट बैंकसँग खुद निष्क्रिय कर्जा १ प्रतिशतभन्दा पनि कम छ भने तुलनत्मकरुपमा एभरेष्ट र नेपाल एसबीआई बैंक सबैभन्दा सुरक्षित देखिएका छन् ।

त्यसो त, ढिला री समस्यामा परेका ऋणहरूको लागि कम प्रोभिजन राख्नुपर्ने कारणले पनि कतिपय अवस्थामा बैंकहरुको कुल निष्क्रिय कर्जा र खुद निष्क्रिय कर्जाबीचको अन्तर बढी देखिन सक्छ । सामान्य भाषामा भन्नुपर्दा कुल निष्क्रिय कर्जा केही बढी भए पनि त्यसले वित्तीय स्थायित्वका निम्ति जोखिम ल्याउँदैन । तर खुद निष्क्रिय कर्जा नै धेरै भएका संस्थाहरू तुलनात्मक रूपमा बढी जोखिममा हुन्छन् । किनकी, प्रोभिजन नगरिएको निष्क्रिय कर्जालाई राष्ट्र बैंकले यो शीर्षकमा समावेश गरेको हुन्छ ।

यस्तो सूचीमा चाहीँ लक्ष्मी सनराइज सबैभन्दा अगाडी देखिन्छ । उसँग कुल कर्जाको १.८७ प्रतिशत त्यस्तो ऋण छ, जुन ऋणीले तिरिरहेको पनि छैन र बैंकले प्रोभिजन छुट्याएको पनि छैन । त्यसैगरी एनआईसी एसियासँग १.७४ प्रतिशत, सिटिजन्ससँग १.५२ प्रतिशत अनि ग्लोबल आईएमई र माछापुच्छ्रेसँग १.५ प्रतिशत कर्जा यस्तै हालतमा छन् ।

त्यसपछि प्राइम, कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय बाणिज्य र नबिल बैंकले कुल कर्जाको १ देखि १.५ प्रतिशतसम्म प्रोभिजनबाहेकको निष्क्रिय कर्जा बोकेर बसेका छन् । तर हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ, प्रभु, नेपाल बैंक, सानिमा, कुमारी, नेपाल एसबीआई र एभरेष्ट बैंकसँग खुद निष्क्रिय कर्जा १ प्रतिशतभन्दा पनि कम छ भने तुलनत्मकरुपमा एभरेष्ट र नेपाल एसबीआई बैंक सबैभन्दा सुरक्षित देखिएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  २ : ०३ बजे