‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रौतहटमा मन्दिरबाटै गाँजा बिक्री गर्ने साधु पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगर क्षेत्र अन्तर्गत एक गाउँमा मन्दिरमै लागू ओैषध गाँजा बिक्री बितरण गर्ने एक जना साधु पुजारी पक्राउ परेका छन् ।

देवाही गोनाही नगरपालिका-९ धरहरी राम जानकी मठका पुजारी स्थानीय त्रिशूल यादवको छोरा वर्ष ६५ को पुजारी साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।

मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचना अनुसार इलाका प्रहरी कार्यालय गोनाही बाट गएको टोलीले गएराती मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा  लुकाई राखेको पलाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा  बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभएको छ । 

लगत्तै पुजारी यादवलाई गाँजा सहित नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको लागि  इलाका प्रहरी कार्यालय गरूडा रौतहटमा पठाइएको प्रवक्ता गिरीले जानकारी दिनुभएको छ ।

साधु यादव हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि  लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडी बढाइएको डिएसपी राजन कार्कीले जानकारी दिनुभएको छ । यस अघि गाँजा बिक्री बितरण गर्ने एक जना साधु फतुवा बिजयपुर नगरपालिका ११ भैंसही गाउँबाट केही समय पहिले पक्राउ परेका थिए । 
 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १२ : २० बजे