साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ११ : ४७ बजे