साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

महिला सुधार गृह सञ्चालन

बागमती। लागुऔषध दुर्व्यसनीमा लागेका महिलाहरुको आचारणमा सुधार ल्याउन मकवानपुरको हेटौँडामा महिला सुधार केन्द्र सञ्चालनमा आएको छ ।

महिला लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिका–९ लामसुरेहाइटमा महिला लागुऔषध तथा मादक पदार्थ पुर्नस्थापना गृह सञ्चालनमा आएको हो ।

मकवानपुर जिल्लामा पुरुष जस्तै महिला लागुऔषध प्रयोगकर्ता बढ्दै गएकाले दुर्व्यसनीमा फसेका महिलाको सकारात्मक जीवनका लागि अवसर सृजना गर्ने र आचारण, व्यवहारमा सुधार ल्याउने उद्देश्यले पुर्नस्थापना गृह सञ्चालनमा ल्याइएको महिला पुर्नस्थापना केन्द्रका संयोजक तान्या अग्रवालले जानकारी दिनुभयो ।

जिल्लामा महिला सुधार गृह नहुँदा लागुऔषध प्रयोगकर्ता महिलालाई राख्न समस्या भइरहेकाले तत्कालका लागि १५ जनालाई राख्नसक्ने क्षमताको सुधार गृह सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

हाल उक्त पुर्नस्थापना गृहमा दुई जना लागुऔषध प्रयोगकर्ता रहेका जनाउँदै संयोजक अग्रवालले उहाँहरुको हेरचाहका लागि दुई परामर्शकर्ता र एक जना चिकित्सक परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार महिला सुधार गृहमा विशेष गरी मनोपरामर्श सेवा, हेरचाह, योग, ध्यान, अध्यात्मिक जागरण, खेलकुद गतिविधिका माध्यमबाट लागुऔषध तथा मादक पदार्थ प्रयोगकर्ताको आचरणमा परिवर्तन गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ७ : १४ बजे