साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘हिंसा’ शब्दबारे सभामुखको रुलिङपछि संसद्‍मा माओवादीको आपत्ति, बैठक स्थगित

काठमाडौं । ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा गरेपछि नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ ।

सभामुखको रुलिङपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै संविधानले नै स्वीकारेको जनयुद्धलाई यसले अपमान गरेको बताउनुभएको हो । ‘हाम्रो देशको मूल कानुन संविधान हो । संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको छ । संविधानको प्रस्तावनामै उक्त व्याख्या छ’, उहाँले भन्नुभयो, ‘संसद्‍मा जनयुद्धलाई हिंसा भनेर जुन कुरा आएको छ, त्यसलाई संविधान र कानुनविपरीत छ भनेका छौँ । के अब संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हो ?’ पाण्डेले सचिवालयलाई कानुन र संविधान हेरेर आफ्ना विषय अघि बढाउन पनि आग्रह गर्नुभयो ।

‘माओवादी जनयुद्धबारे जसरी संविधानमा शान्ति प्रक्रियामा उठेको छ । नियतको विषयवस्तु छ । जनयुद्ध र जनमुक्ति सेनालाई होच्याउने गरी अपमान गर्नेगरी बोलिएको थियो’, उहाँले भन्नुभयो, ‘भदौ १२ गते उक्त कुरा उठेपछि १३ गते हुँदै अहिलेसम्म मैले भनिरहेको छु । अहिले आएर यो शब्दबारे जुन किसिमको व्याख्या आएको छ यो बेठिक भएको छ । यो संविधान शान्तिप्रक्रिया र कानुनविपरीत हुन्छ ।’

माओवादी सांसद देवेन्द्र पौडेलले पनि ‘हिंसा’ शब्दलाई लिएर देशको शान्ति प्रक्रिया भड्काउने कोसिस भएको बताउनुभएको छ ।

यसै विषयमा संसद्मा तनाव उत्पन्न भएपिछ प्रतिनिधि सभा बैठक आइतबार बस्ने गरेर स्थगित भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ३ : १९ बजे