साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

उपसभामुख रानालाई मार्गप्रशस्त गर्न काँग्रेसको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैँ मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले बैठकले सत्तारुढ दलहरूको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको बताउनु भयो । उहाँले अनाधिकृत रूपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राज्दुतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निष्कर्ष निकालेको बताउनु भयो । उपसभामुख आफैँले राजीनामा दिनुपर्ने र अर्को देशको राजदुतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गर्नुभएको काँग्रेसको निष्कर्ष रहेको बताउनु भयो । उहाँले उपसभामुखले पत्र लेखेर कूटनीतिक नियोगलाई आग्रह गर्न नमिल्ले र गर्नुभयाे  सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने बताउनु भयो । उपसभामुखको सो कार्यले संसद्लाई अपमानित गरेको र मुलुकको शिर झुकाएको बताउनु भयो । 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : ४४ बजे