साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

आज संविधानसभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरिँदैछ।

नेकपा एमालेले पार्टी कार्यालयमा स्मृति सभाको आयोजना गरेको छ। प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उहाँलाई सम्झना गर्ने कयौं क्षण आएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै उहाँले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्झना गर्नुभएको हो ।
‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो। सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए। आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी।’ प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको निधन २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट भएको थियो।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ८ : ४५ बजे