दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मोरङ र झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौ। मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

बिहीबार दिँउसो २ बजे विराटनगर महानगरपालिका-१३ सैनिक टोलबाट प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-६ का ३० वर्षीय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाइजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाइट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्कीसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

त्यसैगरी, बिहीबार राति ७ बजे विशेष सूचनाको आधारमा दमक नगरपालिका-७ अधिकारी टोलकी ५० वर्षीया मुन्नी बेगमलाई घरमा लुकाई राखेको ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्रामसहित इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : २९ बजे