काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा भीष्म अधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ ।
उहाँलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गर्नुभयो ।
डा अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।
प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार १२ : २३ बजे
प्रतिक्रिया