‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जनमोर्चाका सांसद साही र थापा दुबै तटस्थ : बहुमतको दाबी झुट साबित

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले आफू नयाँ सरकार बनाउने पक्षमा नरहेको स्पष्ट पर्नुभएको छ । 

बुधबार साँझ विज्ञप्ति निकालेर साहीले नेपाली कांग्रेससहितको गठबन्धनमा आफ्नो समेत हस्ताक्षर रहेको समाचार आएको भन्दै त्यसमा संलग्नता आफ्नो संलग्नता नरहेको बताउनुभएको हो । 

राष्ट्रिय जनमोर्चाका बहुमत सांसदले कुनै गठबन्धनमा नरहेको जनाएपछि गण्डकीमा नयाँ सरकार गठन गर्ने विपक्षी दलहरूको प्रयासमा धक्का लागेको छ ।

बहुमत दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस माओवादीका नेताहरू बसिरहेका बेला जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले आफू तटस्थ रहेको जनाएपछि नेपालको दाबी झुट सावित हुन पुगेको छ । 

बागलुङमा रहेका शाहीले लिखित वक्तव्यमार्फत विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन् । उनले आफू तटस्थ रहेको जनाएका छन् ।

यसअघि दलका नेता कृष्ण थापाले पनि प्रदेश प्रमुखलाई पत्र लेखी आफू तटस्थ रहेको र दलको नेताबाट हटाएको कुरालाई मान्यता नदिन आग्रह गरेका थिए । जनमोर्चाका तीनमध्ये दुई सांसद तटस्थ रहेपछि विपक्षी गठबन्धनको बहुमत दावी झुट सावित भएको  छ ।

 

​​​​​​​

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ५ : ०८ बजे