काठमाडौँ । कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरूले सर्वोच्च अदालतमा हालेको रिटले अग्राधिकार पाएको छ ।
सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यस रिटमा कारण देखाऊ आदेश जारी गर्दै यस मुद्दालाई अग्राधिकार समेत दिएको छ ।
निर्जीवन बिमा कम्पनीहरूको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बिमा प्राधिकरणलाई विपक्षी बनाएर आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
सरकारले रकम नदिँदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकेको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् । सरकारले कोरोना बिमा बापतको १० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेका कारण लाखौँ बिमितले तीन वर्षदेखि भुक्तानी पाएका छैनन् ।
प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार ६ : ३९ बजे
प्रतिक्रिया