साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

ईन्द्रजात्राको अक्षयकोष बढाउन पहल गर्छु : मन्त्री पाण्डे

काठमाडौँ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ईन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताउनुभएको छ ।

ईन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा आज सरोकारवाला निकायहरूसँग छलफल गर्दै मन्त्री पाण्डेले ईन्द्रजात्राको अक्षय कोषलाई रु पाँच करोडबाट बढाएर रु १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाउनुभयो । उहाँले ईन्द्रजात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

मन्त्री पाण्डेले जात्राको अवसरमा विगतमा देखिएका कमी कमजोरी सच्याएर भव्य र सभ्य रूपमा सफल पार्न आह्वान गर्नुभयो । ईन्द्रजात्रा आगामी असोज १ गते मनाइने भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ३५ बजे