सुनको मूल्यमा नयाँ कीर्तिमान

मेक्सिन अभिनेत्री तानियाको हत्या

एजेन्सी । मेक्सिन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । 

मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फूटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुकधारीले गोली चलाउँदा उहाँको मृत्यु भएको हो । त्यहाँ उहाँसँग अन्य अभिभावक पनि थिए । 

प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनु अघि गायिकामाथि निरन्तर गोली बर्साएका थिए । मेक्सिकोमा दैनिक रुपमा १० जना महिलाको हत्या हुने त्यहाँको आधिकारिक तथ्यांकले देखाएको छ ।

मेनडोजा सन् २००५ मा रिलिज भएको फिल्म ‘ला मेरा रेना डेल सुर’को प्रदर्शन पछि चर्चामा आउनुभएको थियो । पाँचवटा सांगीतिक एल्बम सार्वजनिक गर्नुभएकी उहाँले दर्जनौं ओपेरामा प्रस्तुति दिइसक्नुभएको छ ।

सन् २०१० मा अज्ञात समूहले उहाँ र उहाँका पतिसहित ६ महिने छोरालाई अपहरण गरेका थिए । त्यसपछि उनले मोरिलोस स्टेट अटर्नी जनरल कार्यालयमा आफूलाई ज्यानको धम्की आइरहेको भन्दै निरन्तर अपिल गरिरहनुभएको थियो । उहाँको हत्यामा कसको संलग्नता थियो भन्ने अझै खुल्न सकेको छैन ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : ५६ बजे