‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मन्त्रालय र सहकारी पीडितहरुबीच सहमति आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं । सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधनका सम्बन्धमा कार्यदल बनाउने सहमतिसँगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गदै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबिच सहमति भएको हो । सहमति भएसगैं १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्नाका सबै कार्यक्रम स्थगित भएको हो ।

सहमति भएसगैं सहकारी विभागका उप–रजिस्ट्रारको संयोजकत्वमा राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी विभागबाट शाखा अधिकृत तहको सदस्य–सचिव र प्रदेश र स्थानीय तहबाट एक÷एक जना प्रतिनिधित्व रहने गरी ७ सदस्यीय कार्यदल गठन भएको छ । 

छलफल कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेल, पूर्व आइजिपी एवं सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका सल्लाहकार सर्वेन्द्र खनाल, सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरे, सह–सचिव मदन कोइराला, बचतकर्ताका संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुसलभ के.सी लगायतको सहमतिमा हस्ताक्षर रहेको छ । सहमतिसँगै अनसनमा बसेको सहकारी पीडितहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेल, सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेलगायतले जुस खुवाएर अनसन स्थगित गराउनु भएको थियो  ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १ : ३० बजे