काठमाडौँ । नेकपा (एमाले) ले १० औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक अन्तर पार्टी निर्देशन– १ जारी गरेको छ ।
पार्टीका निर्णय तथा निर्देशनलाई तल्ला कमिटीमा पठाउन एमालेले अन्तर पार्टी निर्देशन जारी गरेको हो ।
एमाले महासचिव शङ्कर पोखरेलले अन्तर पार्टी निर्देशन– १ केन्द्रीय पदाधिकारी तथा सदस्यहरू र प्रदेश तथा जिल्ला कमिटीले पाउने गरी इमेल पठाइएको जानकारी दिनुभयो ।
अपानि जारी गरिएसँगै नेताहरूको केन्द्र र प्रदेशगत रूपमा कार्य विभाजन समेत गरिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा पार्टीको समग्र नेतृत्व गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ भने एमालेको तेस्रो वरियतामा रहनुभएका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।
एमालेद्वारा १० औं महाधिवेशनपछि पहिलो अपानि जारी (पूर्णपाठसहित) :
प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार ९ : १३ बजे
प्रतिक्रिया