साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वैदेशिक रोजगार बीमाबाट कुन कम्पनीले कति आर्जन गरे बीमा शुल्क ?

काठमाडौं । एक महिनामै वैदेशिक रोजगार बीमा मार्फत कम्पनीहरुले साढे २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो (साउन) महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउनमा वैदेशिक रोजगार बीमा मार्फत २४ करोड ७२ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । एकै महिना कम्पनीहरुले ५८ हजार ७९८ वटा बीमालेख जारी गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

पछिल्लो समय नेशनल लाइफ, नेपाल, एशियन, आइएमई, सन नेपाल, रिलायवल, सिटिजन, सूर्यज्योति , सानिमा रिलायन्स र प्रभु महालक्ष्मी लाइफले वैदेशिक रोजगार बीमा व्यवसाय गर्दै आएका छन् ।

त्यसो त साउनमा यस्तो बीमा मार्फत सबैभन्दा धेरै सन नेपाल लाइफले ११ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २७ हजार ८७६ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, एशियन लाइफले पनि साउनमा १२ हजार ४३७ वटा बीमालेख बिक्री गरि ५ करोड ३१ लाख ४६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने नेशन लाइफले १ करोड ९५ लाख, सानिमा रिलायन्सले १ करोड ३४ लाख, नेपाल लाइफले १ करोड ३३ लाख, सूर्यज्योति १ करोड २१ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत संकलन गरेका छन् ।

त्यसैगरी रिलायवल नेपाल लाइफले ९० लाख, सिटिजनले ८१ लाख, आइएमई ८ लाख ६० हजार, प्रभु महालक्ष्मीले ६३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १ : २५ बजे