‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अभिषेक विष्टको ‘सुइना’ लोकार्पण 

काठमाडौं । एउटा युवाको सङ्घर्षमय जीवन र त्यसक्रमा उसका मानसपटलमा गुन्जिएका भावनामा  केन्द्रित उपन्यास सुइनाको लोकार्पण  भएको छ। शनिवार थापागाउँ स्थित कुन्ज थ्रिएटरमा उक्त उपन्यास लोकार्पण गरिएको हो । सुदूरपश्चिम घर भएका विष्ट सानै उमेरदेखि नै साहित्य क्षेत्रमा रुचि राख्ने गर्नुहुन्थ्यो । 

उपन्यास सुदूरपश्चिमकै भाषाका शब्दहरूमा बुनिएका छ। उपन्यासमा आमा र बहिनीको प्रेमका साथै लोग्ने मान्छेको मनोविज्ञान छरप्रष्ट भएको देख्न पाइन्छ । उपन्यासमा  कर्णालीमा भोगेका दुख , सुदूरमा भोगेका पीडालाई दर्साइएको छ।यो उपन्यास विष्टको तेस्रो कृति हो ।  उपन्यास विमोचन समारोहमा प्रमुख अतिथि पूर्व मन्त्री जयन्त चन्द हुनुहुन्थ्यो । कार्यक्रममा मदन पुरस्कार विजेता विवेक ओझा, सिमल बुक पब्लिकेसन्सका अध्यक्ष कमल ढकाल , लेखक पवित्रा दाहाल र राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो।  २१ वर्षकै उमेरमा उपन्यासलाई आफ्नो भाषा उजागर गरेकोमा पूर्व मन्त्री जयन्त चन्दले बधाई दिनुभयो । 

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १ : १८ बजे