‘एउटै नाउरको सिकार गर्न २३ लाख’

वेस्ट इन्डिजमाथि पाकिस्तानको ‘क्लिब स्विप’

एजेन्सी । वेस्टइन्डिजलाई तेश्रो खेलमा ७ विकेटले पराजित गर्दै पाकिस्तानले तीन टी–२० खेलको शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । कराँचीमा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको २०८ रनको विशाल लक्ष्य पाकिस्तानले ७ बल बाँकी रहँदै भेटायो ।  

पाकिस्तान ओपनर मोहम्मद रिजवान र बाबर आजमले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गरे । आजमले ७९ रन बनाउँदा रिजवानले ८६ रन बनाए । 

वेस्टइन्डिजका बलर रोमारियो शेफर्ड, डोमिनिक ड्रेक्स र ओडेन स्मिथले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । उसको कप्तान निकोलस पुरनले सर्वाधिक ६४ रन बनाए  । यस्तै शामराह ब्रुक्सले ४९ रन, ब्राण्डन किंगले ४३ तथा डेरेन ब्राभोले अविजित ३४ रनको योगदान गरे । 

पाकिस्तानका बलर मोहम्मद वासिमले २ तथा शाहनवाज दहानीले १ विकेट लिए । सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल पाकिस्तानले ६३ रन र ९ रनले जितेको थियो ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ३३ बजे