साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

स्थिर सरकारका लागी दुई ठुला दल मिल्नुको विकल्प थिएन: काँग्रेस प्रवक्ता महत

डडेल्धुरा । नेपाली काँग्रेस प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले स्थिर सरकारका लागी दुई ठुला दल मिल्नुको विकल्प नरहेको बताउनु भएको छ ।

प्रेस युनियन डडेलधुराले जिल्ला सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै डा.महतले सरकार फेर्नु र बन्नुले गर्दा मुलुक अस्थिरतामा गयो त्यसैले त्यसलाई रोक्न दुई ठुला दल मिल्नुको विकल्प नरहेको दाबी गर्नुभएको छ ।

दुई ठुला दल काङ्ग्रेस र एमालेबिच सात बुँदे समझदारी भएर जनताको हितमा कार्य गर्न नयाँ सरकार गठन गरिएको डा. महतले स्पष्ट पार्नुभयो ।

डडेल्धुराका बिकास निर्माणका अवस्था र यहाँका जनताले भोग्नु परिरहेको समस्याका विषयमा आफु जानकार रहेको बताउनुहुँदै डा.महतले डडेल्धुरामा मेडिकल कलेज,सडक फराकिलो र एयरपोर्ट निर्माणका लागी आवश्यक बजेट बिनियोजन गराउन आफूहरूले लाग्ने बताउनुभयो । पत्रकारहरूले राखेका जिज्ञासामा आक्रोशित हुँदै डा.महतले बिकास भने जसरी कहाँ हुन्छ र ? भन्न सजिलो छ गर्न कत्ति गाहे छ बुझ्नु आग्रह गर्नुभयो । सुशासन,पारदर्शिता र जबाफदेहिता सरकारको बटमलाई हो डा. महतले भन्नुभयो ‘शङ्का गर्ने छुट सबैलाई छ तर सँग-सँगै विश्वास पनि त गर्नुहोस् न ? जेभएनी सरकार जनताका समस्यामा मलमपट्टी लगाएर अघि बढ्छ र बढ्नेछ । ‘

नेताहरू जे बोल्छन् त्यो गर्दैनन् जे गर्दैनन् त्यो बोल्छन् भन्ने आरोप आम नागरिकको छ नी भन्ने पत्रकारहरूको जिज्ञासामा उहाँले जनताका आकाङ्क्षा बढी छन् तर राज्यको श्रोत साधन कम छ त्यसैले जनताले बुझ्नु जरुरी रहेको बताउनुभयो ।

मुलुकको श्रोत साधनले पश्चिम सेती परियोजना बन्दैन अहिले भारतीय कम्पनीहरूले हात हालिरहेको छ हाम्रो जोड निर्माण गर्ने तर्फ नै छ उहाँले भन्नुभयो— भ्रष्टाचारका फायलहरू सबै खुल्छन् जो दोषी हुन्छ सजाय भोग्छ जो निर्दोष हुन्छ मुक्ती पाउँछ यो कानुनी राज्य हो कानुन सम्मत रुपमा फैसला हुन्छ ।

बिपी प्रतिष्ठान डडेलधुराले आयोजना सोमबार आयोजना गरेको मुलुकको समृद्धिमा युवाहरूको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा सहभागी हुन डडेल्धुरा पुग्नु भएका नेता महतले यो सरकार ८४ सम्म जाने ठोकुवा समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १२ : ५८ बजे