साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नागरिकलाई खुशी बनउने गरी सरकारले काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा नेकपा (एमाले)को शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले बुझाएको ज्ञापनपत्र ग्रहण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री सिंहले जनतालाई सन्तोष पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको जिकिर गर्नुभयो । ऐनहरुको अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न नसकिएको भन्नुहुँदै अहिले सरकारले पुराना ऐनहरुको संशोधन गरी नयाँ ऐन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ ।

आफू मन्त्री बनेर आइसकेपछि सबैभन्दा बढि जोड विकास निर्माणका कामहरु र नीति बनाउने कामलाई दिएको उहाँले स्पष्ट पर्नुभयो । उहाँले नीति निर्माण र कार्यान्वयनमा सबैले सहयोग गर्ने अपेक्षा राख्नुभएको छ ।

उपप्रधानमन्त्री सिंहले गाउँपालिका वा नगरपालिकाभित्र बस्ने मानिसहरुको जीवन सहज हुनुपर्ने र त्यसका लागि शहरहरु विकास गर्दा सुविधायुक्त गाउँ र शहर बनाउनुपर्ने बताउनुभयो ।

उहाँले अत्यावश्यक भौतिक पूर्वाधारहरु गाउँगाउँमै पुर्‍याउनुपर्नेमा सरकार लागिरहेको बताउनुभयो । नेकपा (एमाले)को शहरी विकास विभागले शहर व्यवस्थित बनाउने सुझावसहितको ज्ञापनपत्र उपप्रधानमन्त्री सिंहलाई बुझाएका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १२ : ५६ बजे