पोखरा। गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशप्रमुख समक्ष निवेदन दिएका छन्।
पोखरलले आफूलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा र जसपाको समर्थन रहेको उल्लेख गरेका छन्।
प्रदेशप्रमुख सीता पौडेललाई बुझाइएको पत्रमा कांग्रेसको १५, सभामुखसहित माओवादीका १२, राजपाका ३ र जसपाका २ सांसद रहेको उल्लेख गरिएको छ।
प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार ४ : ५४ बजे
प्रतिक्रिया