फुटले कुनै पार्टीलाई फाइदा पुग्दैन : भीम रावल

अछाम । नेकपा एमालेका नेता डा. भीम रावलले टुट फुटले कुनै पनि पार्टीलाई फाइदा नहुने बताउनुभएको छ। राजनीतिक दलमा आउने फुटले अस्थिरता र बाह्य देशको हस्तक्षेप बढ्दै जाने उहाँले बताउनुभयो ।

अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कम्युनिष्ट आन्दोलन टुट फुट गराउन कतिपय व्यक्ति जिम्मेवार भएकाले सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो । २०५४ सालमा पार्टी फुट्दाको पीडा एमालेले भोगेकाले आफू फुटको पक्षमा नरहेको बताउनुभयो ।

देशको हितका लागि अझै पनि कम्युनिष्टहरु एक ढिक्का भएर अघि बढनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ९ : ४८ बजे