‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आजदेखी नेपाल टेलिकमको नेटवर्कमा टिकटक चल्ने

काठमाडौं । यदी तपाँई नेपाल टेलीकमको प्रयोगकर्ता हो ? यदी हो भने आजदेखी तपाँईको मोवाइलमा ढुक्कले टिकटक चल्नेछ । नेपाल सरकारको लगानी रहेको नेपाल टेलिकमले टिकटकमाथीको प्रतिवन्ध हटाएरको छ ।

सरकारले सामाजिक सञ्जाल टिकटक माथि लगाएको प्रतिबन्ध हटाएको बिषयमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारमा नेपाल टेलिकमले टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाएको हो ।

नेपाल सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कार्तिक २७ गतेबाट सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को भदौ ६ गतेको निर्णयबाट प्रतिबन्ध फुकुवा गरिएको हो ।

टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटेसँगै अब नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीको विश्वास रहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  २ : १६ बजे