दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि, १६८ जनाको मृत्यु

काठमाडौं – नेपालमा आज थप ९ हजार ३०५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ वटा पीसीआर र ४२४ वटा एन्टीजेन नमुना परीक्षण गर्दा  ९ हजार ३०५​​​​​​​ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

आज  काठमाडौं उपत्यकामा ३ हजार ९२४ जना संक्रमित थपिएका छन् ।

देशभरबाट गत २४ घण्टामा ४ हजार ४४४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमितहरुको निको हुने दर ७४.९ प्रतिशत छ । हाल देशभर १ लाख १ हजार ६३४ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालय अनुसार बुधबार एकैदिनमा १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : ४३ बजे