साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीः अर्थतन्त्र चलायमान हुने व्यवसायी र उपभोक्ताको विश्वास

काठमाडौं । एकै छानामुनि अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरुबारे जानकारी पाउन मेला महत्वपूर्ण भएको अवलोकन कर्ताहरुले बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा भदौ २१ गतेबाट शुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा अवलोकनका लागि पुगेका उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले होलसेलर र ठूला कम्पनीहरुका लागि मेला अझ बढी उपयुक्त हुने बताए । यस्ता मेलाले देशको अर्थतन्त्रलाई चलायमान बनाउने र प्रविधिको जानकारी मिल्ने उनीहरु बताउँछन् । मेलामा नयाँनयाँ सामग्रीहरु पाएको बताए । यस्ता मेला भइरहे जानकारी लिनका लागि सहयोग पुग्ने बताए । मेलामा विज्ञा प्रविधिको नयाँनयाँ सामग्रीहरु पाएको बताए । अवलोकनका लागि पुग्नुभएका हरिकृष्ण तिवारी, चन्द्रमणि श्रेष्ठ, गौरीशंकर यादवले विभिन्न विद्युतीय सामग्रीहरुको र प्रविधिको बारेमा बुझ्नका लागि सही भएको बताउनु भयो । उहाँहरुले नयाँ प्रविधिका सामग्रीहरु सस्तो मूल्यमा पाइने बताउनु भयो ।

यता, मेलामा स्टल राखेर बसेका व्यवसायीहरु भने नयाँ प्रविधिका बारेमा बुझ्नका लागि मेला उपयुक्त हुने बताउँछन् । एकै छानामुनि विभिन्न १५० भन्दा बढी कम्पनीहरुका सामानहरुको बारेमा जानकारी लिनु पनि उपभोक्ताहरुका लागि राम्रो हुने बताए । प्रिमियर वायर्सका केबल डिपार्टमेण्टसका सेल्स म्यानेजर कृष्ण लामिछानेले व्यापार प्रवद्र्धनका लागि जानकारी दिनका लागि मेला आयोजना गरेको बताउनु भयो । उहाँले आवश्यक उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको बताउनु भयो । यता प्रिमियर स्टिलका ब्राण्ड म्यानेजर सजल राउतले उपभोक्ता र व्यवसायी बीचको ग्यापलाई मेलाले पूरा गर्ने लक्ष्यसहित स्टल राखेर मेलामा सहभागिता जनाएको बताउनु भयो । व्यवसायी प्रितम सुवेदीले नेपालमा उत्पादित विद्युतीय सामग्रीहरुको बारेमा र अन्य देशबाट ल्याइएका नयाँनयाँ सामग्रीहरुको बारेमा जानकारी गराउन मेलामा सहभागिता जनाएको बताउनु भयो ।

शुक्रवारदेखि तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी जारी छ । शुक्रबार ९भदौ २१ गते० देखि शुरु भएको प्रदर्शनी आईतवारसम्म चल्नेछ । मेलामा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ४ : ५३ बजे