साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

इन्जिनमा समस्या आएपछि रनवेबाटै फर्काइयाे बुद्ध एयरकाे जहाज

काठमाडाैँ । पोखराबाट काठमाडौँ उडान भर्न लागेको बुद्ध एयरको जहाजमा समस्या आएको छ । जहाजमा समस्या आएपछि U4 616 नम्बरकाे उडान रद्द गरिएको छ ।

उक्त विमानमार्फत काठमाडौँ आउन लागेका एक यात्रुका अनुसार उडान भर्नको लागि धावन मार्गमा पुगेको जहाज इन्जिनमा समस्या देखिएको भन्दै फर्काइएको छ । ति यात्रुका अनुसार रनवेमा उडानको लागि हाई स्पीड लिईसकेपछि जहाज रोकिएको थियो ।

सोही जहामार्फत यात्रा गर्न लागेका लोक गायक विष्णु खत्रीले यो विषयमा फेसबुकमा लामो स्टाटस लेखेका छन् । उनका अनुसार रनवेमा उडानको लागि हाई स्पीड लिईसकेपछि झ्याप्प ब्रेक लागेको थियो । सो समयमा सबै थरथर भएको उनले खुलाएका छन् । उनले लेखेका छन्,
‘पोखरादेखि काठमाडौँसम्म अहिले १ बजे उड्न लागेको बुद्ध एयरको उडान U4 616 ले रनवेमा उडानको लागि हाई स्पीड लिईसकेपछि झ्याप्प ब्रेक हान्यो र हल्का जहाज ढुलमुलाउँदै नियन्त्रणमा लियो। एकछिनपछि हामीलाई भनियो, जहाजको ईन्जिनमा खराबी आयो। पुनःअर्को जहाजमा लैजान फेरि हामीलाई पर्खाई कक्षमा राखिएको छ। सबै यात्रु थरथर थिए । सकभर गाडीको यात्रा भन्दा प्लेनकै यात्रा तय गर्ने मान्छे म आजबाट भने सोच्न बाध्य भएको छु, कतै पाईलटले प्लेन उडाई दिएको भए ? जिन्दगीको के भरोसा छ र है ? पाईलटको नाम चाहिं थाहा भएन, धन्यवाद पाईलट ज्यू, धन्य प्रभु । जीवन लिला हजुरकै हातमा छ।’यता बुद्ध एयरले भने उडानपूर्व हुने परीक्षणका क्रममा जहाजमा केही समस्या देखिएपछि उडान रद्द गरिएको बताएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ४ : ०५ बजे