साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आक्रमणको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपतकालीन अवतरण

नयाँदिल्ली । मुम्बईबाट फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रबार पूर्वी टर्कीमा आपतकालीन अवतरण गरेको छ । २४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो ।

धम्की दिनेको खोजी भइरहेको बताइएको छ । भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम विस्ताराले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन । टर्कीका अधिकारीहरूले अहिलेसम्म बमको खतरा वा चेतावनीबारे विस्तृत विवरण दिएका छैनन् ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  १ : ४५ बजे