‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । 

बुधबार मात्रै बेलायतमा७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका छन् । बेलायतमा कोभिड देखिएपछि यो अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या निरन्तर बढिरहेको छ । 

करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा कोभिडबाट अहिलेसम्म एक करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४७ हजारको मृत्यु भइसकेको छ । 

बेलायतमा कोभिडका कारण आउँदो पाँच महिनामा कम्तिमा ५० हजार मानिसको मृत्यु हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अपनाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ । 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ९ : ०४ बजे