‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रपतिलाई ठाकुर र महतोको आग्रह : जसपा वैकल्पिक सरकारका लागि तयार छैन ,​उपेन्द्र आए वैधता नदिनू

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफूहरू वैकल्पिक सरकारको पक्षमा नरहेको स्पष्ट पानुृभएको छ ।

बुधवार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उहाँहरूले राष्ट्रपति भण्डारीलाई कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पार्टीको निर्णय नभएको जानकारी गराउनुभएको हो । 
उहाँहरूले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन राष्ट्रपति समक्ष आग्रह गर्नुभएको छ  ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ४० बजे