साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त हुनुभएको छ ।

आज (बिहीबार) बसेको मन्त्रीपरिषद्को बैठकले लामालाई रेडियो नेपालको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । लामो समय रेडियो नेपालमै जागिरे जीवन बिताउनुभएका लामा मदनभण्डारी फाउण्डेसनको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । लामा रेडियो श्वेत शार्दुलका कार्यकारी प्रमुखसमेत हुनुहुन्थ्यो ।

रेडियो नेपालको कार्यकारी निर्देशकका लागि २२ जनाले आवेदन दिनुभएको थियो । संचारमन्त्रालयद्घारा गठित छानबिन समितिले लामासहित तीन जनाको नाम सिफारिश गरेको थियो । लामासहित अनिता गुरुङ र दिपक ज्ञावाली छनोट हुनुभएको थियो । रेडियो नेपालको कार्यकारी निर्देशक पद चार वर्षको हुन्छ । लामा मदन भण्डारी कलेजमा पत्रकारिता विषयका लेक्चरसमेत हुनुहुन्छ ।

लामाले रेडियो नेपालमा २५ वर्षे सेवा गरि वरिष्ठ कार्यक्रम अधिकृतबाट सेवा अवकास लिनुभएको थियो । उहाँले संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको पूर्व प्रोड्युसर, रेडियो नेपालको पूर्व बोर्ड सदस्यको रुपमा समेत काम गरिसक्नुभएको छ । पत्रकारितामा स्नातकउत्तर गर्नुभएका लामाले २०५४ सालमा दिपायल प्रसारण केन्द्रबाट उद्घोषकको रुपमा सेवा सुरु गर्नुभएको थियो । लामा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ७ : ३१ बजे