विजयकुमार गच्छदारद्वारा मत परिणाममा असहमति जनाउँदै पुनः गणनाको माग 

काठमाडौँ । नेपाली काँग्रेसको उपसभापतिमा दुई मतले हार्नुभएका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहार्नुभएको छ  ।

बुधवार राति सार्वजनिक मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित हुनुभएको थियो ।

गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाउनुभएको थियो । गच्छदारले मत परिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिनुभएको छ  ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ३२ बजे