साफ यू–१७ च्याम्पियनसिप आजदेखि

उदयपुरमा विभिन्न पार्टी परित्याग गरी ५० जना एमालेमा प्रवेश

उदयपुर। उदयपुरमा विभिन्न पार्टी परित्याग गरी ५० जना भन्दा बढी युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

बिहिवार त्रियुगा नगरपालिका-९ गैरुनमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी लगायतका पार्टी परित्याग गरी ५० जना भन्दा बढी स्थानीय युवाहरू एमालेमा प्रवेश गरेका हुन्। हिजोआज उदयपुरमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी परित्याग गरी धमाधम एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ।

यसअघि लिम्चुङबुङ गाउँपालिका वडा-३ मा वडा नै रित्तिने गरी माओवादी र कांग्रेसका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए। यसैगरी त्रियुगा नगरपालिका वडा-८ मा माओवादी र कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।

यसैगरी चौदण्डीगढी नगरपालिकामा स्थानीय जनता समाजवादी पार्टीका नेता भुपेन्द्र राईको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी १६२ जना एमाले प्रवेश गरेका थिए। सोहीबेला कोशी प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहनुभएका एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो।

उहाँहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा उदयपुर निर्वाचन क्षेत्र इन्चार्ज अम्बिका थापा, नेकपा एमाले केन्द्रीय सल्लाकार सदस्य वैकुण्ठ दाहाल, एमाले उदयपुर अध्यक्ष भागवत राउत लगायतका नेताहरूले अबिर तथा खादा लगाएर लगायतले स्वागत गर्नुभयो।

नेपालमा धेरै पार्टी जन्मिए पनि ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान अन्य पार्टीबाट हुन नसक्ने भन्दै आफूहरू नेकपा एमालेमा प्रवेश गरेको नवप्रवेसीहरुले बताउनु भयो।

 देशमा लोकतन्त्रको रक्षा गर्न, देशलाई समृद्ध बनाउन एमालेको नेतृत्व आवश्यक रहेकोले आफूहरू एमाले प्रवेश गरेको उहाँहरूले बताउनु भयो। उहाँहरूले एमालेले निष्ठाको राजनीति गरेको भन्दै अब निष्ठाको राजनीति नगर्ने दलको पछि लागे आफ्नू मात्र नभएर सन्ततिकै भविष्य बरबाद हुने भएकोले पनि एमाले पार्टी रोजेको बताउनु भयो।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ६ : ३० बजे