साफ यू–१७ च्याम्पियनसिप आजदेखि

निर्माणाधीन संसद् भवनको काम अझै डेढ वर्ष सकिएला जस्तो छैन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । बिहीवार निर्माणाधिन नयाँ संसद भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउनसके पनि भित्रका फिनिसिङका कुराहरु सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गर्नुभयो । उहाँले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गर्नुभयो । निर्माणका लागि कुनै जटिलताहरु भए सरकारसँग छलफल गरी समाधान गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब छिटो सक्याएर हामीले हाम्रो संसदका कामहरु यो भवनबाट छिटो क्लियर गर्न पाए हुन्थ्यो भन्ने तिब्र इच्छा छ । ह्याबी कामहरु रहेको र प्रतिकुलताहरु धेरै भएकाले निर्माणको जिम्मा पाएको टिमले यो कामहरु गर्न गाह्रो भइरहेको छ । अन्त भन्दा फरक के छ भने अन्त निर्माण गरे पनि पेमेण्ट पाउने स्थिति नदेखेर निर्माण व्यवसायीहरुले निर्माणको साइटबाट काम गर्न गाह्रो भइरहेको छ । तर यहाँ त्यो अफ्ठ्यारो छैन तर लाग्दा लाग्दै पनि चाहिएको म्यानपावरदेखि अन्य कुराहरु जुन गराउन सकिरहनु भएको छैन । एउटा चिन्ताको विषय केह हो भने हामी चैत्र २० भनेको अब ७ महिना छ । सात महिना भित्रमा यसको बाहिरको भौतिक पूर्वाधारसम्म बनाउला तर यसका भित्रका कुराहरु फिनिसिङका कुराहरु सबै कुराहरुले अरु पाँचदेखि सात महिना लाग्ने देखिन्छ । अझै डेढ वर्ष भन्दा अगाडि यहाँ कार्यक्रम गर्न नसक्ने देखिन्छ । कसरी छिटो गर्न सकिन्छ, यसमा सबैको साथ र सहयोग खासगरी उत्साहजनक वातावरण बनाएर जानुपर्छ ।’

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन ८१ प्रतिशत रहेको बताउनु भयो । उहाँले भवनहरुमा छानाको काम सबै सम्पन्न भइसकेको पनि बताउनु भयो । उहाँले इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरु अघि बढिरहेको जानकारी दिनुभयो । १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘छानाको काम सबै भवनहरुमा सम्पन्न भइसकेको छ । असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन गर्दा ८१ प्रतिशत भएको थियो । इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरु अघि बढेको अवस्था छ । १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेका छौँ । बितेको समय रिकभर गर्नेगरी अघि बढ्न निर्देशन दिएका छौँ । निर्माण कार्य समयमै सक्न दुई चरणमा भएपनि काम अघि बढाउने निर्देशन भएको छ । त्यो अनुसार भदौ १ गतेदेखि नै काम गर्न निर्देशन दिएपनि काम अघि नबढेको अवस्था छ । निर्माण कार्य निर्धारित समयमै सक्नेगरी काम गर्न निर्देशन दिएका छौँ ।’

महानिर्देशक महर्जनले निर्माण कार्य समयमै सक्न दुई चरणमा काम गर्न निर्देशन दिएपनि अहिलेसम्म शुरु नभएको बताउनु भयो । निर्माण कार्य निर्धारित समयमै सक्नेगरी काम गर्नुपर्नेमा सरकारको जोड रहेको बताउनु भयो ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ५ : २८ बजे