कांग्रेस उपसभापतिको मतगणना : सुजाता र महेश आचार्यले कति मत पाए ?

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ । 

१२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन् ।  कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ । 

निर्वाचन समितिले दिएको जानकारी अनुसार १२ सय मत गणना हुँदा यस्तो छ अवस्था:

धनराज गुरुङ :५४३
पूर्णबहादुर खड्का :५०१
डा.चन्द्र भण्डारी :४७२
​​​​​​​विजयकुमार गच्छदार :४५४
 सुजाता कोइराला :१३८
 महेश आचार्य :१२३
 दिव्यश्वरी शाह : ३५  

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ८ : ५५ बजे