साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सरकारले राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउनको काम गर्‍यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गर्नुभएको हो । बुधवार पार्टी मुख्यालय च्यासलमा पार्टी पोलिटब्युरो बैठक समापन समारोहमा बोल्दै उहाँले सरकारले मुलुकमा विद्यमान अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन चाहेको उल्लेख गर्नुभएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको भनाइ उद्धत गर्दै एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताउनु भयो । प्रधानमन्त्री ओलीले सरकारप्रति नेपाली जनताको विश्वास बढ्दै गएको भन्दै त्यसलाई अझै उचाइमा पु¥याउन सरकार लागिपर्ने बताउनुभएको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा कुनैपनि खाले निरङ्कुश, अराजक, अनुशासनहीनता स्वीकार्य नहुने कुरा पनि बताउनुभएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा सहमति गरेर मुलुकको स्थायित्व, स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने जो काम गरेर जनतालाई आश्वास्त गर्ने काम गरेका छौँ । सरकार जनताप्रति विश्वस्त छन् भन्नुभएको छ । अहिले समाजमा भएका जुन खालका अराजकता, अनुशासनहीनता बढिराखेको छ । हामी नागरिक सर्वोच्चता चाहन्छौँ । विधिको शासन मान्छौँ । र लोकतान्त्रिक मूल्यमान्यता अनुसार अगाडि बढ्न चाहन्छौँ । हामी कुनै पनि खाले निरङ्कुश, अराजक, अनुशासनहीनतालाई अस्वीकार गर्दछौँ । र लोकतन्त्रलाई सुदृढ गर्ने पक्षमा हामी उभिनेछौँ ।’

अध्यक्ष ओलीले मुलुकलाई समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना अनुसार अघि बढाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा अघि बढाउनुपर्ने आवश्यकता पनि रहेको बताउनु भयो । 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ७ : ५५ बजे