‘नेशनल डे कन्सर्ट’ सम्पन्न

युवा, विद्यार्थी र महिला क्षेत्रका सङ्गीन समस्या

चिनियाँ राष्ट्रपति सी चिनफिङले मात्रामा कम ध्यान देऊ र गुणमा बढी ध्यान देऊ भन्नु भएको छ । तर हामी कमिटी गठन, पुनर्गठन, सदस्यता वितरण र नवीकरणमा मात्र रमाइरहेका छौँ । भेला, जमघट र सभामा मात्र केन्द्रित छौँ । एमालेमा युवा, विद्यार्थी र महिला लगायत विभिन्न तह र तप्काको मात्रात्मक संख्या तुलनात्मक रूपमा मनग्गे देखिन्छ । तर तिनलाई गुणात्मक दिशातिर उन्मुख गराउने कुरामा ध्यान बहुतै कम छ । तिनलाई सृजनशील र रचनाशील बनाउने कुरामा खास ध्यान पुगेजस्तो लाग्दैन । हरेक तह र तप्कामा विविध विषय, विधा र क्षेत्रका सृजनशील प्रतिभाहरू छन् । तिनलाई प्रोत्साहित गर्दा तिनले आम समुदायलाई प्रभावित पार्छन् । उदाहरणका लागि प्रगतिशील तथा देशभक्त लोकतान्त्रिक कविता, गीत, गजल, मुक्तक, सेरोसायरी,क्यारिकेचर रचयिता केही न केही छन् । तिनलाई प्रोत्साहित गर्ने हो भने त्यसबाट भित्र प्रवेश गरेर युवा विद्यार्थी र महिलाको मन राख्न र तिनको मन जित्न सकिन्छ ।

सबै भन्दा पहिले त्यस्ता प्रतिभा खोज्ने र तिनमार्फत् भुईँ तहदेखि नै सङ्गठन निर्माण गर्दा धेरै सहज हुन्छ । अझ हरेक क्याम्पस, प्लस टु मा सङ्गठन विस्तार गर्न जाँदा त्यस क्षेत्र र जिल्लाका ज्येष्ठ, वरिष्ठ, साधनारत र अनुभवी स्रष्टा पाइन्छन् । तिनका मनमोहक विचारोत्तेजक कलात्मक रचना वाचनको मेलो मिलाउने हो त्यसले त्रिआयामिक प्रभाव युवा र विद्यार्थीमा पार्छ । किनभने ती वरिष्ठ सर्जकको राजनीतिक पृष्ठभूमि अनेरास्ववियु वा युवा र महिला लगायत कुनै न कुनैसित जोडिएको हुन्छ । यस्ता विषय पनि समारोहमा उद्घाटित गर्दै तिनका प्रगतिशील तथा शिष्ट शृङ्गारिक रचना वाचन गर्ने गराउने हो भने एकै झमटमा आम विद्यार्थीमा सालोडोलो प्रभाव पर्छ । हाम्रो संगठनमा आउनु होला भन्नु भन्दा परोक्ष रूपमा र कलात्मक रूपमा सामूहिक र व्यक्तिगत रूपमा आमन्त्रण गर्ने हो भने सहज रूपमा धेरै जसो आबद्ध हुन्छन् । यसै क्रममा जनता बहुमुखी क्याम्पस,इटहरीका कुनै एक पार्टीका र्विद्यार्थीहरूले बौलाहा काजीको सपना नामको नाटक गरेको थियो । आमन्त्रण गरेपछि जाँदा उक्त विद्यार्थी समूहको भन्ने थाहा भयो । उक्त नाटक हेर्न कलेज र स्कुलका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखियो । यस विषयलाई कोशी प्रदेशको विद्यार्थी प्रमुखलाई मैले सुझाएँ तर उसले सुनेको नसुनेझैँ ग¥यो । किन यसो ग¥यो मैले अझै बुझ्न सकिरहेको छैन । मैले भनेको र मसित हिँड्यो भने पनि अनेक बात लगाउने डरले विद्यार्थी मात्र होइन अरु पनि मदेखि भागी भागी हिडेको मलाई राम्रै थाहा छ । यसरी पानी बाराबार जस्तो भए पछि पार्टीव्यापी एकता धेरै कमजोर हुन्छ । विद्यार्थी र युवा फाँटलाई रचनात्मक रूपमा सञ्चालन गर्ने क्षमता राख्ने हो भने अरु धेरै युवा शक्ति मोर्चा वरिपरि गोलबद्ध हुन्छन् । हतियार चलाउन पनि जान्नु पर्छ । ठाडो र ठडौरो स्वभाव भएको युवा विद्यार्थी र इन्चार्ज भयो भने सप्रने काम पनि बिग्रन्छ ।

सी चिनफिङले जब हामी गुणवान् व्यक्ति देख्छौँ हामीले उनी जस्तै हुने कल्पना गर्नुपर्छ भन्नुहुन्छ । आदर्श व्यक्तित्वको अनुसरण गर्दा मात्र आफू पनि गुणीजन भइन्छ तर यहाँ त बिलकुल उल्टो पारा देखिन्छ । शिरबिन्दुलाई धुलबिन्दु पार्न खोजिन्छ । सुनसरीमा यस्तो पनि भोगियो । तर आँखा अगाडि भएको दर्दनाक दृश्य देखेर पनि कोही बोल्दो रहेनछ कसैलाई पोल्दो रहेनछ । तै पनि कसैकसैलाई गतिविधि सकसक र खसखस लागेको हो अचम्म लाग्छ । हाताहाती मात्र बोल्ने र लेख्ने जमातमा यस्ता मान्छे पनि हुँदा रहेनछन् । तर धैर्यको बाँध फुटेपछि के होला यसै भन्न सकिएन ।

जता हे¥यो त्यतै राम्रो भाँती नपुगेका देखिन्छ । जननेता मदन भण्डारीले जबज मार्फत कुनै पनि काम र कार्यक्रम कलात्मक हुनुपर्छ भन्नु भएको छ । आफैँलाई पनि के लाग्छ भने कुनै पनि कामको क्षेत्रलाई रहर लाग्दो,आश लाग्दो लोभलादो बनाउन सकिन्छ भन्ने लाग्छ । संयोगले कोशी प्रदेशका ज्येष्ठ कम्युनिस्ट मञ्चको जिम्मेवारी आउला जस्तो छ । मैले पहिले नै पनि सुनसरी जिल्ला सदस्य हुँदा भीम आचार्य र धर्म निरौलालाई जुन जुन क्षेत्र थला परेको छ,मरुभूमि छ त्यही क्षेत्र मलाई दिनु म हराभरा बनाइदिन्छु भनेको थिएँ । काम गर्ने क्षमता र सीप भएको मानिसले माटो छोए , त्यही माटो धपधप बल्छ । बौद्धिक र सिर्जनात्मक प्रतिभा र क्षमता भएको मानिस योग्यता अनुसार कुनै पदीय जिम्मेवारी नपाए पनि सिर्जनात्मक काममा निरन्तर लागिरहन्छ । जननेता मदन भण्डारीले भन्नु भएझैँ दश विशेषता र क्षमता भएको नेतालाई एउटा न एउटा क्षेत्रमा क्रियाशील भइरहन्छ । खानका लागि मात्र हत्ते हाल्नेले त्यो बाहेक केही जान्दैन,जानेकै छैन र सिकाएको पनि छैन । अनि अध्यक्ष ओलीले भनेझैँ एक छिन मुख खाली भयो भने खानै पाइन भनेर मेरो मुख त खाली भयो भनेर रडाको मच्चाइरहन्छ । मन्त्री र माननीयका अपहत्ते गर्छ । देश र जनताका लागि केही न केही गर्ने ध्यान र मन भएको मानिस पनि छन् । तिनले कुनै नियुक्ति,जिम्मेवारी,राजदूत,उपकुलपति, सभासद् भन्दा देश र जनताका लागि महत्त्वपूर्ण काम गरिरहन्छन् । त्यस्ता मानिस कुर्सीमा मक्ख परेर बस्न र तलब भत्ता खाने मात्र काम त कामै होइन जस्तो लाग्छ । तर प्रायः अवस्था यस्तै देखिन्छ । पदमा मात्र राजी हुने मान्छे पद समाप्त भए बिलाएर गएका धेरै उदाहरण छन् । त्यसैले पानी र बानी माथिबाट आउँछ भनेझैँ हर क्षेत्रका प्रमुख र इन्चार्जमा अलिअलि त उच्च विचार ज्ञान र व्यवहार हुनुपर्छ । युवा विद्यार्थीले आफ्नो अध्यक्ष र इन्चार्जबाट केही न केही त देश र जनताका लागि सिकोस् । अहिले त क्लास चढ्दै चढ्दै बीए कक्षामा पुगेको हुन्छ तर ए,बी,सी, डी पनि आउँदैन । यसरी कसरी भुईँ तहदेखि माथिसम्म पार्टी सबल बन्छ ।

युवा ज्ञानी भए देश ज्ञानी हुन्छ । युवा बलियो भए देश बलियो हुन्छ । माथि माथि नै पठन संस्कृति शून्य प्राय भएपछि मोर्चा र पार्टी सङ्गठन मरुभूमि तुल्य हुन्छ । त्यसैले ओलीले महामारीको वर्ष कृतिमा पठन संस्कृतिको महानतम भूमिका उल्लेख गर्नु भएको छ । उहाँले समाज परिवर्तनका लागि ज्ञान अपरिहार्य छ र यसका लागि पठन संस्कृति पनि अपरिहार्य रहेको बताउनु भएको छ । अझ उहाँले किताब मात्र होइन जीवनका विविध आयामको साक्षात्कारबाट पनि विस्तृत ज्ञान हुन्छ भन्नु भएको छ । यसबाट समग्र अध्ययन सिद्धान्त र व्यवहारको मेलबाट हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ । तर महिलाका क्षेत्रमा पठन संस्कृति अत्यन्त कमजोर देखिन्छ । ओलीले हरकाममा प्रोत्साहन जरुरी हुन्छ भन्नु भएको छ तर प्रसिद्ध लेखक मिथिला पोखरेललको प्रकाशोन्मुख कृति महिला जागरणको सवाल नामको कृतिको प्रकाशक बन्न अनेम सङ्घले पटक्कै मानेन । मिथिलाले प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीलाई फरेबी दोषारोपण गरेर लेखेका लेख र लेखक विरुद्ध लेखिएका लेखहरू उक्त सङ्ग्रहमा सामेल थिए । यस सङ्ग्रहमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले शुभकामना दिनु भएको छ । तर आर्थिक दायित्व नपर्ने गरी प्रकाशक बन्न अनेम संघलाई गरिएको अनुरोध एक वर्ष पछि ठुकराइयो । सुझाव सहित सल्लाह दिए पनि हुने हो तर कोसित कसरी के कस्तो व्यवहार गर्न पनि सिकाउनु पर्ने अवस्था देखियो । माओले स्वास्नी मान्छेहरूको आर्थिक राजनैतिक स्तरलाई उकास्न संयुक्त होऊ भन्नु भएको छ तर ताते गरी अनेम संघले महिलालाई अगाडि बढाउनुको सट्टा अघि बढ्न खोजेकालाई उल्टो निराश पार्नखोज्नु भारी अचम्मकै कुरा हो । लेखन कर्म के हो र त्यो के कति महत्वको हुन्छ भन्ने सामान्य चेत नहुँदा समस्या बल्झिएको देखिन्छ । कम्तीमा पार्टी र मोर्चा संगठनमा रहेर कत्ति पनि तह अनुसारको वैचारिक सैद्धान्तिक,सिर्जनात्मक तथा साङ्गठनिक काम सिकिँदैन र सिकाइदिैन भने कसरी नेता र कार्यकर्ताको बौद्धिक वैचारिक र व्यावहारिक ज्ञानको स्तर बढ्छ रु प्रमोट गरेर माथि केन्द्रमा पनि पुगिन्छ तर तिनले मृत आत्माको चिर शान्तिको कामना गर्छन् । भाग्यवादको भर पर्छन् मार्क्सवादलाई मासु र भात मात्र ठान्छन् ।

ओलीले बालबालिकालाई मायालु पाराले नजिक पार्न सकिन्छ भनेर बताउनु भएको छ । यस लेखकले पनि बारबार र हजार बार बालबालिका केन्द्रित रचनात्मक काम र कार्यक्रम गर्नुपर्छ भनेँ । बालबालिका देशका भविष्य हुन् भनिन्छ भने त्यस अनुसार तिनलाई पनि उमेर अनुसार प्रगतिशील, देशभक्त र अनुशासित सिर्जनात्मक चस्का दिनु पर्छ । त्यसैगरी सी चिनफिङले कुँदिएको पत्थर उपयोगी भाँडो बन्न सक्तैन भनेझैँ आधारभूत तहदेखि गुणात्मक बनाउने ध्येयका साथ काम अगाडि बढाउन प्रयत्न गर्नुपर्छ । यस्ता काम घरघरबाट नै सुरु गर्दा पनि हुन्छ । हाम्रो देशको राम्रो भविष्य निर्माणका लागि हामीले हाम्रा बालबालिकालाई प्रोत्साहित गर्नुपर्छ । सी चिनफिङका अनुसार एउटा महान् कार्यको थालनी सानो कामबाट सुरु भएको हुन्छ । शायद यिनै दुरदृष्टिबाट चीन तीव्र वेगमा प्रगतिपथमा लम्किएको होला । उनले बालबालिका संवेदनशील हुन्छन् र सबै राम्रा कुरा सिक्न तयार हुन्छन् भनेका रहेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ५ : ०६ बजे