‘नेशनल डे कन्सर्ट’ सम्पन्न

लुम्बिनी प्रदेशमा तीजको दिन सार्वजनिक विदा

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

लुम्बिनी प्रदेश सरकार (मन्त्रीपरिषद्) को २०८० चैत २० गतेको निर्णय अनुसार आगामी भदौ २१ गते शुकवारका दिन हरितालिका (तीज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

उपसचिव राजेन्द्र प्रसाद पन्थीले आज एक सूचना निकालेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  २ : ३० बजे