‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ऐतिहासिक पदक विजेता पलेशाको भव्य स्वागत (फोटोफिचर)

काठमाडौं । पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनको भव्य स्वागत गरिएको छ ।

त्रिभुवन विमानस्थलमा पदक विजेता पलेशा र प्रशिक्षक कविराज नेगी लामाको भव्य स्वागत गरिएको हो । पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा कांस्य पदक जितेकी थिइन् ।

यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठुलो हो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपकै बोर्ड सदस्य अञ्जना मास्के, तेक्वान्दोकी ओलम्पियन संगीना वैद्य, पलेशाको आमाबुबा, विभिन्न खेलका राष्ट्रिय खेलाडी र हजारौँ खेलकर्मीले उनीहरूलाई स्वागत गरेका थिए ।

बाजागाजासहित त्रिभुवन विमानस्थलबाट पदक विजेता पलेशा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षकलाई नगर परिक्रमा गराइँदै राखेपमा विशेष कार्यक्रममार्फत स्वागत र सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  १२ : ५७ बजे