देशमा अस्थिरता निम्त्याउन प्रचण्ड र माधव सक्रिय : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताउनु भएको छ । 

केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाउनु भएको हो । ‘देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ,’ ओलीले भन्नुभयो  । 

कांग्रेस र माओवादीको आन्दोलनमाथि टिप्पणी गर्दै ओलीले ती आन्दोलनपछि देशको स्वाभिमान र सार्वभौमसत्तामा आँच आउने काम भएको आरोप लगाउनु भएको थियो । 

कांग्रेस खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी शक्तिविरुद्ध लाग्ने गरेको आरोप लगाउनु भएका ओलीले प्रतिगामीको मतियार हुन कांग्रेसले छोड्नुपर्ने बताउनु भयो । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ०३ बजे