देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

डुंगा दुर्घटना हुँदा १० महिलासहित १२ जनाको मृत्यु

काठमाडौं । फ्रान्सको इङलिस च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मृतकमा ६ जना बच्चा र एक गर्भवती महिला समेत रहेका छन् । स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन् । फ्रान्सको तट रक्षकका अनुसार, ५० भन्दा बढी मानिसलाई क्याप ग्रिस–नेज, बुलेग्न–सुर–मेरको नजिकबाट उद्धार गरिएको छ ।

दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । डुङ्गा अत्यधिक भार भएका कारण दुर्घटनामा परेको बीबीसीले समाचार लेखेको छ । डुङ्गामा आठ जनाभन्दा कम मानिसहरूले मात्र लाइफ ज्याकेट लगाएका थिए । यस वर्षको इङलिस च्यानलमा भएको सबैभन्दा भयानक दुर्घटना हो । मंगलबारको घटनासम्म, २०२४ मा च्यानल पार गर्दा ३० जनाले ज्यान गुमाइसकेका थिए । जुन २०२१ पछि सबैभन्दा बढी हो । युएनको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार, २०२१ मा ४५ जनाको मृत्यु भएको थियो ।

फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डर्मेनिनले फ्रान्सेली अधिकारीहरूले साना डुङ्गा प्रयोग रोकिएको बताएका छन् । तर, मानव तस्करहरूले ३० देखि ४० जनासम्म यात्रु बोक्ने डुङ्गामा ७० जना भन्दा बढीलाई राख्दा दुर्घटना हुने गरेका छन् । इङलिस च्यानलमा साना डुङ्गामार्फत खतरनाक यात्रा गर्ने मानिसहरूको संख्या बढ्दै गएको छ । २०१८ देखि १३५,००० भन्दा बढी मानिसहरूले यस मार्गमार्फत यूकेमा प्रवेश गरेका छन् । यस वर्ष २१,००० भन्दा बढी मानिसहरूले च्यानल पार गरेको पनि बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ९ : ४६ बजे