साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चाँडै काठमाडौंवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्छौँ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले चाँडै काठमाडौंवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्ने बताउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर अन्तिम चरणमा रहेको बताउनु भयो । उहाँले । यी आयोजनाहरू सम्पन्न भएपछि काठमाडौं उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुने बताउनु भयो । उहाँले तारकेश्वरमा पनि पाँच ठाउँमा पानीका मुहानहरू रहेको र त्यहाँबाट १४ देखि १५ करोड लिटर पानी लिन सकिने बताउनु भयो । उहाँले २५ देखि ३० करोड खर्च तत्काल गर्ने हो भने पानी केही सहज हुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर अन्तिम चरणमा रहेको छ । यी आयोजनाहरू सम्पन्न भएपछि काठमाडौं उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुनेछ । यसमा हामी काम गरिरहेका छौँ । तारकेश्वरमा पनि पाँच ठाउँमा त्यस्तो मुहानहरू छन्, जहाँ सिधै २५ देखि ३० करोड खर्च गर्ने हो भने त्यसमा हामी कमसेकम १४ देखि १५ करोड लिटर पानी पाउँछौँ । त्यसमा पनि काम गरिरहेका छौँ । केही कानूनी जटिलता छ, त्यसलाई हटाएर हामी पानी प्रयोग गर्नेछौँ । निकट भविष्यमै काठमाडौंमा पानीको हाहाकार थियो, त्यो हट्नेछ । अहिले ६ दिनमा पानी दिइरहेका छौँ । चाँडै यो समस्या समाधान गरी जनतासमक्ष खानेपानी पु¥याउनेछौँ ।’

मन्त्री यादवले अहिले ६ दिनमा एक दिन पानी काठमाडौंवासीलाई दिने गरेको बताउनु भयो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ४ : ५१ बजे