‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जनमोर्चाका सांसद कृष्ण थापाले हस्ताक्षर नगर्ने पक्का : किर्ते गरिए मुद्दा हाल्ने

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले काग्रेंस माओावदी गठबन्धनको सरकारका लागि हस्ताक्षर नगर्ने स्पष्ट बताउनुभएको छ ।  उहाँ अहिले  बागलुङतर्फ हिडसक्नुभएको छ  ।

केही बेरअघि जनमोर्चाका महासचिव मनोज भट्टले आफूले सांसद थापाको हस्ताक्षर ल्याउनेबताएपनि थापाले भने कुनैपनि हालतमा हस्ताक्षर नगर्ने भन्दै घर हिड्नुभएको हो ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीको ‘आफ्ना सांसद बिक्री भएको’ भन्ने अभिव्यक्तिको पनि उहाँले खन्डन गर्नुभयो । “मैले त हस्ताक्षर नगर्ने नै भनेको हुँ, गर्दिनँ पनि । अर्कैले गर्दिन पनि के बेर, त्यसो भए त म मुद्दा हाल्छु । पैसा खायो भनेर भन्दा त सहेर बसेको छु । मैले पैसा खाएको भन्नेलाई प्रमाण देखाउन चुनौती दिन्छु ।”

थापाले आफुसँग पार्टीका कोही पदाधिकारीले कुरा नगरेको बताउनुभयो  । कारबाहीबारे पनि आफू जानकार नरहेको थापाले बताउनुभयो  । आफूलाई कारबाही हुने भन्ने सुनेको र घरतिर लागेको बताउनुभयो  । “खै के कारबाही हुने हो रे, त्यही भएर म त घरतिर बस्न आएँ,” उहाँले भन्नुभयो ।

जनमोर्चाले भने थापालाई एक घण्टा भित्र स्पष्टिकरण दिन पत्र काटेको छ । पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै जनमोर्चाले थापालाई संसीय दलको नेताबाट समेत हटाएको छ । थापालाई संसदीय दलको नेताबाट हटाइएको भन्दै  महासचिव मनोज भट्टले हस्ताक्षर गरेको पत्र प्रदेशसभा सचिवालयलाई पठाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  २ : ४५ बजे