‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कञ्चनपुरबाट करिब ५९ लाख मूल्यको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ इन्जिनियरिङ अटो वर्कशप नजिकैबाट भाद्र १६ गते सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार ४०० रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो । बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोबाइल पार्ट्स, इलेक्ट्रोनिक्स सामान लगायतका छन् ।

बरामद सामान आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १२ : ४५ बजे