कांग्रेस महाधिवेशन: दोस्रो चरणको मतदान सकियो, ४५६२ मत खस्यो

काठमाडौं – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ । 

मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको छ । 

चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका छन् । सोमबारको भन्दा मंगलबार ११७ मत कम खसेको छ । 

 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १० : १३ बजे