साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग विभिन्न सेवामा छुट हुने सम्झौता गरेको एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

सम्झौतामा महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले कसमस रिट्रट्स प्रालि चाबहिलमा जन्मदिन, विवाह, व्रतबन्ध, वार्षिकोत्सव, पार्टीलगायत उत्सवहरूको लागि केकको मूल्यमा १५ प्रतिशत, ३५ दिने बेकरी तथा पेस्ट्री तालिम र ३५ दिने फन्डक्ट तालिम शुल्कमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

त्यस्तै श्रीराम हस्पिटल प्रालि वीरगंजमा ओपिडी शुल्कमा ३० प्रतिशत, ल्याब शुल्क २० प्रतिशत, फार्मेसी, शल्यक्रिया तथा बेड शुल्कमा १० प्रतिशत, युएसजी, एक्स–रे, ईसीजी, इको शुल्कमा १० प्रतिशत छुट र आमा सुरक्षा (सामान्य र सिजेरियन) कुनै शुल्क नलिने सम्झौता भएको छ । बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्नेहरूका लागि सि.एम.सी चुरे हस्पिटल हेटौंडामा कानुनी मामिला बाहेकका अस्पताल सुविधाहरूमा २० प्रतिशत, कानुनी मामिला बाहेकका फार्मेसी सुविधामा ७ प्रतिशत छुट प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्नेहरूका लागि होटल भिषूवा प्रालि विरगंजमा पेय पदार्थ शुल्कमा १० प्रतिशत, रेस्टुरेन्ट शुल्कमा १५ प्रतिशत, पौडी र स्पा शुल्कमा ३० प्रतिशत, आवास शुल्कमा २० प्रतिशत तथा शितल चौतारी होटल मानेन्जमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रो प्रालि नयाँ बानेश्वरमा खाना तथा पेय पदार्थमा १४ प्रतिशत एवं अल्फा डेन्टल हेटौंडामा सबै किसिमका दन्त सुविधाहरू १५ प्रतिशत छुट हुने विज्ञप्तिमा छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ५ : ०५ बजे