साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेप्सेमा हरियाली : १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से १२७ दशमलव २५ अंकले बढेर २८२३ दशमलव२५ विन्दुमा पुगेको छ ।

सोमबार ३३५ कम्पनीको कुल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज नेशनल हाइड्रोसहित सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको सेयर मूल्य सबै भन्दा बढी ४ दशमलव७१ प्रतिशतले घटेको छ ।

आज गुडविल फाइनान्सको सबै भन्दा बढी ४६ करोड ५२ लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज साबिक भन्दा बढी अपि पावरको सबैभन्दा बढी १२ लाख २५ हजार ९४९ कित्ता सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : ४७ बजे